डुमरवाना,प्रेस चौतारी नेपाल बारा जिल्ला समितिको दोस्रो पूर्ण बैठक शनीवार जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानास्थित बेंगाइ नदी रिसोर्टमा सम्पन्न भएको छ ।प्रेस चौतारी नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा बसेको बैठकले संगठनको गतिविधिको बारेमा रिपोर्टिङ गर्दै प्रेस चौतारी नेपाल मधेस प्रदेशका संस्थापक अध्यक्ष फणी महतको गत बैशाख ३० गते ४६ वर्षको उमेरमा ब्रेन ट्युमरका कारण निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै विभिन्न निर्णय गरेको छ ।

















