नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन इकाई सिमराको प्रथम साधारण सभाबाट पवन पोखरेलको अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । इकाईको तदर्थ समितिलाई पुर्णता दिदै शुक्रवार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा भएको साधारण सभा पोखरेलको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति निर्वात भएको हो ।

 

 

 

 

समितिको उपाध्यक्षमा राजेशबाबु शर्मा, सचिवमा राजेन्द्र सुबेदी, सहसचिवमा सुभाष पौडेल कोषअध्यक्षमा निरज लामा, र सहकोषाध्यक्षमा राजन चिमोरिया रहनुभएको छ । यसैगरी सदस्यहरुमा केशवप्रसाद सुवेदि, बद्रिप्रसाद बडाल, विमला सापकोटा, चनकराज भट्टराई, पन्नालाल साह, सुनिता कुमारी काईराला, पार्वती खतिवडा लगाएत रहनुभएको छ । पवन पोखरेलको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसनका केन्द्रिय सचिवालय सदस्य आत्माराम मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मोक्तानले लेखापढि ब्यवसायलाई मर्यादित बनाउन सबैलाई यस सम्बन्धि कानुनको अध्यन गर्न आवश्यक रहेको बताउनुभयो ।

 

 

 

 

 

उहाँले लेखापढी ब्यवसायी प्राविधीक तिर अगाढी नबढे अउदो समयमा अपठ्यारो पर्ने भएको भन्दै सबैले समय अनुसार आफुलाई परिवर्तन गरी अनलाईन प्रविधिमा जान आग्रह गर्नुभयो । साधारण सभाको अवसरमा ७४ जना सदस्य रहेको यस ईकाईले एक आर्थिक वर्षमा १ लाख ३५ हजार २ सय ८० रुपैया बचत गरेको समेत ईकाईका सदस्यहरुलाई जानकारी गराइएको थियो । बद्रि बढालको सहजीकरणमा सम्पन्न कार्यक्रममा मोलपोत कार्यालय सिमराका प्रमुख यादबराज आचार्य, मकवानपुर ईकाईका पुर्णप्रसाद अर्याल लगाएत लेखापढि ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here