मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी गायिका सरिता मुखियाले हिन्दूहरुको चाडपर्वलाई लक्षित गरि आफ्नै रचना तथा स्वरमा गीति एल्बम तयार पार्नुभएको छ ।
जीतपुरमा उदयमान गायिका मुखियाले भोजपुरी भाषामा गणेश पूजा,दशैं तथा छठ पर्वसंग सम्बन्धित गीत समावेश गरी एल्बम तयार पार्नुभएको छ । गायिका मुखियाले सुन्दर शव्दसंगै गीतमा सुमधुर स्वर भर्नुभएको छ ।
मुखियाको एल्बममा गणपति बाबा अईहे कि ना….., कैसे करी माई तोहको बिदाई…., छठी माई करिना उद्धार….. जस्ता गीतहरु समावेस छन ।



















