पुष्पराज खतिवडा
मनहर्वा,गैरकानुनी यौंन कृयाकलापमा संलग्न रहेको आरोपमा ३ जना भारतीय महिलालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने तीनै जना भारतको मोतिहारी निवासी भएको प्रहरीले जनाएको छ ।
उनीहरु नेपाली भाषा राम्रोसँग बोल्न नजान्ने र घाँस दाउराको बहानामा जिल्ला स्थित राजमार्ग किनारमा बसेर देह व्यपारमा संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारास्थित त्रिभुवन राजपथको पथलैया उत्तर अदाभार र पूर्वपश्चिम राजमार्गको पथलैया– निजगढ खण्डको पसाह जंगल क्षेत्रमा पर्ने सडक किनारमा खुल्लेयाम देहव्यपार हुने गरेको छ । देह व्यापारले समाजमा नकरात्मक असर गर्ने भन्दै स्थानीयको गुनासो गरेपछि प्रहरीले निगरानी बढाएको हो । सोही क्रममा पर्सा राष्ट्रिय निकुञ्जसँगै पूर्वपश्चिम राजमार्गको आधाभारबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार मालवाहक सवारी ट्रकका चालक तथा सहचालकसँगै यौंन प्यास मेटाउन आउने पुरुषहरु उनीहरुका ग्राहक हुने गरेको पाइएको छ ।
जिल्लाको पूर्वपश्चिम राजमार्गको आधाभार, दुधौरा र १२ किलो भन्ने स्थानमा वर्षौंदेखि देहव्यपार हुने गरेको गुनासो आएपछि सो क्षेत्रमा प्रहरीले नियमित गस्ति गर्दै आएको थियो । जंगलभित्र युवती राखेर पाका उमेरका महिलाहरुले राजमार्ग किनारमा बसेर ग्राहकहरुसंग मोलमोलाई गर्ने र देह व्यपारमा संलग्न गराउने गरेको रहस्य सार्वजनिक भएको छ ।


















