वीरगन्ज,आईटी आर्मी वीरगन्ज महानगर कमिटीको प्रथम भेला शनिबार वीरगन्जमा सम्पन्न भएको छ ।
महानगर कमिटीका संयोजक महमद रेहान इब्राहिमको सभापतित्वमा सम्पन्न भेलालाई सम्बोधन गर्दै संविधा सभा सदस्य ईस्लाम हवारीले विज्ञान र प्रविधिको विकाससँगै अब आईटी आर्मीको आवश्यक्ता बढेको बताउनुभयो । उहाँले संगठनलाई हरेक स्थानीय तहमा विस्तार गरेर प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार, अनियमितता तथा लापरवाहीको खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
‘सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध’ भन्ने नाराका साथ सम्पन्न भेलालाई सम्बोधन गर्दै रौतहटको क्षेत्र नम्बर ३ ख का प्रदेश सभा पूर्वसदस्य कुन्दन कुश्वाहाले विशेष गरी किसानका दुःख पिडाहरुलाई आइटी आर्मीले उजागर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्नुपर्ने र कृषकको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गर्न सके देशको कायापलट हुने दावी गर्नुभयो ।
त्यसैगरी आईटी आर्मी पर्साका अधयक्ष पर्साका अध्यक्ष सन्तोष पटेलले बन्द रहेका उद्योग तथा कलकारखाना सञ्चालन गरेर युवाहरुलाई रोजगार सृजना गर्नुका साथै देशको राजस्व बढाउनुपर्ने बताउनुभयो । उत्पादनमुखी काममा सरकारले वेवास्ता गरेको बताउँदै उहाँले वर्तमान सरकार समाजवाद भन्दा पनि व्यक्तिवादतर्फ उन्मुख भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेपाल इण्डो हस्पिटलका प्रवन्ध निर्देशक चन्द्र शेखरले आईटी आर्मीका सम्पुर्ण पदाधिकारीलाई फार्मेसी बाहेक अन्य परीक्षणहरु निःशूल्क गर्ने घोषणा गर्नुभयो । राष्ट्रिय स्वाधिनताको रक्षा गर, राष्ट्रघाती एमसिसी फिर्ता गर लगायतका नारा लगाउँदै नगर परिक्रमापछि शुरु भएको औपचारिक कार्यक्रममा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पवन तिवारी, युवा परिषद् पर्साका अधयक्ष अमिताभ बचन दास, बाराका नेता उमेश कुश्वाह, आईटी आर्मी संगीत विभागका विजय यादव लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा महमद रेहान इब्राहिमको संयोजकत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको सहसंयोजकमा मखन पटेल रहेका छन् । कार्यक्रमको सहजिकरण आईटी आर्मी पर्साका ईन्चार्ज सुनिल रौनियारले गर्नुभएको थियो ।