राजन कुमार बानिया

पोखरिया,मधेस प्रदेश सांसद सिंहासन साह कलवारले पर्सा क्षेत्र नम्बर ४ (ख) मा रहेका ११ जना अपांगहरूलाई बुधवार एक समारोहका बीच ११ थान ह्वील चेयर वितरण गर्नुभएको छ ।

सांसद कलवारले आफ्नो संसदीय विकास कोषको रकमबाट ह्वील चेयर वितरण गर्नुभएको हो । अपांगता भएकाहरुलाई ह्वील चेयर वितरण कार्यक्रममा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, वडा अध्यक्ष दबेन्द्र पटेल, युवा नेता रामपुकार यादव, पपु कुमार पटेल, हिमान्चल कुशवाहालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply