रौतहट,रौतहटको ईशनाथ नगरपालिकामा पाँच दिनदेखि लागेको कफ्र्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै कफ्र्यू हटेको बारे जानकारी गराएको हो ।यहि फागुन ५ गते ईशनाथ नगरपालिका वडा नम्बर ७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न्न भएको थियो । सोही विवादलाई नियन्त्रणमा लिइ, जिल्लामा शान्ति सुरक्षा कायम गर्न ईशनाथ नगरपालिकाको वडा नम्बरं ६ र ७ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको थियो ।

ती दुई वडाबाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नम्बर २, ३, ४ र ५ मा पनि ६ गते दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको थियो ।जिल्लाको स्थिति हाल सामान्य भएकाले कफ्र्यू हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जनाउनुभयो । उहाँका अनुसार बुधवार साँझ ५ बजेदेखि लागु हुने गरि पूर्णरुपले कफ्यू हटाइएको हो ।यसरी नै वीरगन्ज्मा पनि लगाइएको कर्फयूू गएरातिबाट हटाइएको छ ।



















