हुन त् यो दादागिरी शब्द आफैमा ठीक नहोला । अमेरिका बिश्वको शक्तिशाली देश भयो, उसका विरुद्धमा बोल्नेहरुको हविगत सद्दाम हुसैनसंगै निकोलस मदुरो र पछिल्लो समय खमेनीको जस्तो हुनेछ भन्ने पनि देखिएको छ ।
बिश्वका यस्ता शक्तिशाली देशका शक्तिशाली शासकहरुको क्षणभरमा अन्त्य गर्न सक्ने अमेरिकाले नेपाल र स्वयम् हामी त उसका लागि कमिला बरावर नै छौ.भन्दा पनि फरक नपर्ला । तर, सत्य कुरा एक्लै भएपनि बोल्नुपर्दछ भन्ने कुरा बिश्वव्यापी मान्यता पनि हो ।
विशेषगरी आफूभन्दा साना र कमजोरलाई हेप्नु पर्दछ भन्ने सोच र मानकिसता अमेरिका जस्तो शक्तिशाली देशको सोच मात्र होइन नीति देखिन्छ । बल भएपछि जे गर्दापनि हुन्छ भन्ने कुरा अमेरिकाले पुष्टि गरेको छ । इरान भन्ने एक देशमा उसले आक्रमण गरेको छ र केही घण्टामा नै त्यो देश लगभग ध्वस्त उसले बनाइ दिएको छ र त्यहाँका शासक आयोतसल्लाह खामेनीको हत्या समेत गरिदिएको छ । यसले के स्पष्ट गर्छ भने अमेरिका दादागिरीमा अगाडि छ ।
खमेनी आफैमा कत्ति ठीक मान्छे हुन् त्यो फरक कुरा हो तर अर्काको देशमा बल छ भन्दैमा जे पनि गर्न मिल्दैन । यहाँ त बल भएपछि इतिहाँसमा नेपालमा नै पढ्ने गरेकै हो राणाहरुले जे मन लाग्यो त्यही गर्थे रे अनि अमेरिका र उसका नेता डोनाल्ड टम्पलाई जे मन लाग्यो त्यही गरेको देखिन्छ ।वास्तवमा यो गलत हो । यसले बिश्वमा शान्ति स्थापना हुदैछ अनि बिश्व नै लडाईमा होमेर अमेरिका र टम्पले दिन खोजेको संदेश के होला ?
















