बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयकोे प्रधानाध्यापकमा शिक्षक रामवरण यादव नियुक्त हुनुभएको छ । यादवको नियुक्तिसंगै विद्यालयले लामो समयपछि प्रधानाध्यापक पाएको हो ।नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बिहीवार सम्पन्न बैठकले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक यादवलाई प्रधानाध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।शिक्षक यादब निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित सार्वजानिक माध्यामिक विद्यालयबाट १ महिनाअघि मात्र सरुवा भएर विद्यालयमा जानुभएको थियो । यादव अंग्रेजी विषयका शिक्षक हुनुहुन्छ ।यसअघि सो विद्यालयका शिक्षक विरेन्द्र चौधरीले निमित्त लिएर प्रधानाध्यापकको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।प्रधानाध्यापक श्यामकुमार शर्मा दाहालले अनिवार्य अवकास पाएपछि विद्यालयमा लामो समयदेखि प्राधानाध्यापकको पद रिक्त रहदै आएको थियो ।प्रधानाध्यापकको नियुक्तिसंगै विद्यालयको पठनपाठनमा सुधार हुने अभिभावकहरुले अपेक्षा गरेको सिंगौलबाट सहकर्मी बसन्त लामाले बताउनुभएको छ ।


















