सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरास्थित रेलवे लाइन टोलबाट प्रहरीले बिहीबार साँझ लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय सरोजकुमार कुर्मी रहेका छन् । कुर्मीलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ करिब ६ः३० बजे २.०४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

लागूऔषध खरिदबिक्रीको सूचनापछि घरमै पुगेर खानतलाशी गर्दा खैरो हेरोइन र तौल गर्ने डिजिटल तराजु फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो । कुर्मीले खैरो हेरोइन घरमै लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी जोशीको भनाई छ ।जोशीले ४० वर्षीय कुर्मीलाई लागूऔषध मुद्दामा अनुसन्धान थालिएको बताउनुभयो । ईलाका प्रहरी कार्यालयले लागूऔषध प्रयोग र खरिद बिक्री निरुत्साहित गर्न सचेतनामूलक अभियान संचालन गर्दै आएको छ ।


















