काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले लगातार ६ खेलको हारपछि पहिलो जित निकालेको छ ।दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै मनाङले हारको शृङ्खला तोडेको हो । मनाङका लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा तिमोठी कुडोले गोल गरे ।यो जितसँगै मनाङ १४ खेलमा १८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । आर्मी उति नै खेलमा २० अङ्कसहित पाँचौँ स्थानमा छ ।यसैबीच सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ ।च्यासल मैदानमा बुधवार नै भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो । यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ ।१४ खेलबाट १७ अंक बनाएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ ।

Leave a Reply