हेटौंडा । मकवानपुरको हेटौंडाका दुईजना एकल महिलाहरुको घर छाउनका लागि जस्ता पाता प्रदान गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को भैरवडाँडाकी उकजना एकल महिला र वडा नम्बर १५ की अर्की एकजना महिलाको घर छाउनका लागि जस्ता पाता खरिदका लागि नगद रकम प्रदान गरिएको हो । दिब्यतारा सहकारी संस्थाको सहयोगमा ती दुईजना महिलाहरुलाई रकम प्रदान गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलले जानकारी दिनुभयो । उहाँले फुसको छाना मुनी बस्न बाध्य एकल महिलाहरुलाई यसले राहत पुगेको बताउनुभयो ।