सिमरा, नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ वडा कमिटीले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष रामप्रसाद लामिछानेको निर्णयप्रति आपत्ति जनाएको छ ।हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको साधारणसभाका लागि प्रतिनिधि चयन गर्दा एमालेको निर्णय नै नलिई मनोमानी ढंगले गरेको भन्दै एमाले वडा कमिटीले जीतपुरसिमरा १५ का वडाध्यक्ष लामिछानेको निर्णयप्रति आपत्ति जनाएको हो ।वडा कार्यालयबाट सात जना प्रतिनिधि चयन गर्ने क्रममा एमाले वडा कमिटीलाई जानकारी नै नगराई वडाध्यक्ष आफैले एमालेको प्रतिनिधि छनौट गरी निर्णय गरेको भन्दै अर्यालले उक्त कार्यको भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । एमालेको प्रतिनिधि एमालेसंग माग्नुपर्नेमा आफैले प्रतिनिधि चयन गरेर वडाध्यक्षले अप्रजातान्त्रिक कार्यशैली देखाएको अर्यालको भनाइ छ ।एमालेको नाममा वडाध्यक्ष आफैले छानेको प्रतिनिधिको जिम्मेवारी एमालेले नलिने समेत अर्यालले बताउनुभएको छ ।यता वडाध्यक्ष लामिछानेले सर्वदलीय बैठकको म्याण्डेड अनुसार आफूले प्रतिनिधि चयन गरेर पठाएको बताउनुभएको छ । सर्वदलीय बैठकले वडा कार्यालयलाई जिम्मेवारी दिएको र सोही अनुसार आफूले सबैको प्रतिनिधित्व हुने गरी प्रतिनिधि पठाएको बताउनुभयो ।

Leave a Reply