कलैया,नेपाली कांग्रेस प्रदेश नम्बर २ को महाअधिवेशनमा बारा जिल्लाबाट थप ३ जना सदस्य पदमा विजयी बनेका छन ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार मधेसी महिला सदस्यतर्फ बाराकी सिताकुमारी पासवान, महिला जिल्ला सदस्यतर्फ सिताकुमारी मैनाली र निर्वाचन क्षेत्र नम्बर ३ बाट अतिउर रहमान सदस्य पदमा विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिनुभयो ।
सदस्य पदमा विजयी पासवानले ८ सय ९२, मैनाली ७ सय ७६ र रहमानले ८ सय १२ मत पाएर बिजयी भएको प्रमुख निर्वाचन अधिकृत गौतमले जानकारी गराउनुभयो ।
कांग्रेश प्रदेश २ को उपसभापति पदमा यसअअि नै बारा निर्वाचन क्षेत्र नम्बर १ का चन्द्रशेखर यादव र सहमहामन्त्रीमा निर्वाचन क्षेत्र नम्बर ४ बाट जयनारायण यादव निर्वाचित हुनुभएको थियो । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ बाट मधेसी पुरुष सदस्य जिल्लातर्फ उपेन्द्रप्रसाद जयसवाल पनि निर्विरोध निर्वाचित हुनुभएको थियो ।