मधेशको आर्थिक राजधानी वीरगन्जमा अहिले नेपालका मात्रै होइनन् नेपाली मुलका ज्वाइ नायक समेत वीरगन्जमा आएका छन् । नेपालका पुराना पुस्तादेखि नयाँ पुस्ताका कलाकारहरुको जमघट अहिले वीरगन्जमा छ । वीरगन्जमा यसअघि यस्तो खालको चलचिभत्र महोत्सव भएको थिएन। मधेशमा भएको महोत्सवले मधेशी भेषभुषको अवस्थालाई बुलन्द गरेकै छ । बिहीबार निकालिएको झाँकीमा समेत यस्तो कुरा स्पष्ट देख्न पाइएको छ ।
नेपाली चलचित्रको कुरा गर्दा यसको बिकास भएको धेरै बर्ष भएको छैन । करिब चार दशकको छोटो अवधिमा धेरै कलाकारहरु उत्पादन भएका छन् र धेरै यही पेशामा टिकि मात्र रहेका छैनन् राम्रोसँग बाँचेका पनि छन् । नेपाली चलचित्र अक्सर प्रदर्शन हुने वीरगन्जमा चलचित्र महोत्सव हुनु आफैमा सकारात्मक कुरा हो । वीरगन्जमा भोजपुरी भाषाकै चलचित्र पनि कम प्रदर्शन हुने गर्दछन् ।
भारतीय चलचित्रहरुले बढी जगजग जमाउने वीरगन्जमा आयोजित स्वर्णिम चलचित्र महोत्सवले नेपाली चलचित्रको श्रृबृद्धिका लागि महत्व राख्ने निश्चित छ। अबका दिनमा वीरगन्जका हलमा समेत नेपाली चलचित्रहरु प्रदर्शन हुने अपेक्षा गर्न सकिन्छ । अझै नेपाली चलचित्रहरुमा मधेशको बिषयबस्तु समावेश हुने पनि आश गर्न सकिन्छ । स्वर्णिम चलचित्र महोत्सवले दिएको मुख्य उद्देश्य यही नै हो ।