नरेश गुप्ता

बरियारपुर,ईलाका प्रहरी कार्यलय कोल्हबीमा काज सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले बिहीवार जिम्मेवारी समाल्नु भएको छ । प्रहरी निरीक्षक दहालले मातहतका प्रहरीलाई निर्देशन पनि दिनु भएको छ ।

निरीक्षक दहाल हालैमात्र प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रहरी शाखा, पुल्चोक ललितपुरबाट ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा काज सरुवा भइ आउनु भएका हो ।

इप्रका कोल्हबीको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका दाहालले शान्ति सुरक्षा कायम गर्ने कार्यमा कुनै कसुर नराखी काम गर्न मताहातका प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले इमान्दारीताका साथ कर्तव्य निर्वाह गर्न पनि प्रहरीलाई निर्देशन दिनु भएको छ ।

ईलाका प्रहरी कार्यलय कोल्हबीका यसअघिका प्रहरी निरीक्षक शेखर साहको सरुवा भएपछि विभागले दहाललाई काजमा पठाएको हो ।

Leave a Reply