वीरगन्ज,नेपाल राष्ट्र बैङ्कको ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्क वीरगन्ज कार्यालयले आयोजना गरेको अन्तर बैङ्क क्रिकेट प्रतियोगिताको उपाधि नबिल बैङ्कले जितेको छ ।आदर्शनगर खेल मैदानमा आइतबार भएको फाइनल खेलमा हिमालयन बैङ्कलाई २० रनले हराउँदै नबिल बैङ्क विजयी भएको हो । विजेता र उप–विजेता टिमलाई नेपाल राष्ट्र बैङ्कका निर्देशक श्री अजित रेग्मी र उप–निर्देशक श्री रचना शर्मा पराजुलीले पुस्कृत गरेका थिए ।नेपाल राष्ट्र बैङ्क लगायत अन्य २२ वटा बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान हिमालयन बैङ्कका अरविन्द यादव, उत्कृष्ट बलर नबिल बैङ्कका रोशन मिश्रा, उत्कृष्ट फिल्डर माछापुच्छ्रे बैङ्कका किरण नेपाल र उत्कृष्ट महिला खेलाडी राष्ट्र बैङ्कका श्री इशा भुजेल बनेका छन ।नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक नरेश सर्राफले प्रतियोगिताको संयोजन गर्नुभएको थियो ।

Leave a Reply