नविन चौधरी

वीरगन्ज,पर्सा जिल्लास्थित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आयोजना गरेको नेतृत्वमा युवा कि पाका बिषयको अन्तक्रिया तथा सम्मान कार्यक्रममा नौ जना सम्मानित भएका छन् । सो पत्रिकाले आफ्नो छैठौं बार्षिक अत्सवको अवसरमा विविध कार्यक्रम अन्तर्गत आइतबार सो कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमार्फत समाजमा योगदान दिएका वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोधकुमार गुप्ता, किरण आँखा अस्पतालका डाक्टर अमर क्याल, नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, होटल व्यवसायी कुबेर कार्की, सतिस वर्णवाल, कमला भण्डारी, नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्सका अजय चौरसिया लगायतका व्याक्तित्वलाई सम्मान गरिएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी अध्यक्ष सुनिता बराललाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको छ ।

मध्यनेपाल मिडिया प्रा.लि.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदिप यादवले जोस र जाँगरले भरिएका युवाहरुलाई सही रुपमा परिचालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले पाकाहरुलाई पन्छ्याएर मात्र समस्या समधान नहुने बताउँदै अग्रजहरुको अनुभवलाई युवाले आत्मसाथ गर्नसके मात्रै विकास तथा समृद्धि प्राप्त हुने कुरामा जोड दिनुभयो । सृजनशीलतासहित युवा जोश र पाकाको अनुभवले नै समाज निर्माण हुने कुरामा उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, कोपिला चौलागाई, दलित महिला संघ पर्साकी अध्यक्षनिला राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पर्साका उपाध्यक्ष युवराज खड्का, पोखरिया नगरपालिकाकी पूर्वउपप्रुमख सलमा खातुन, वीरगन्ज महानगरपालिकाकी पूर्वउपप्रमुख शान्ति कार्की, नेपाली काँग्रेसकी नेतृ सुष्मा तिवारी, रम्भा मिश्रालगायतको उपस्थिति रहेको सो कार्यक्रममा गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाको उद्देश्यबारे तुलसी भण्डारीले प्रकाश पार्नुभएको कार्यक्रम संचालिका पत्रकार लक्ष्मी खरेलले जानकारी दिनुभयो ।

Leave a Reply