बिदुर खडका
डुमरवाना,विभिन्न समुहको नाममा चंन्दा संकलन गरि जनतालाई सास्ति दिएको गुनासो आइरहेको बेला नेकपा बिप्लबबाट छुट्टिएर बनेको नेकपा बहुमत धर्मेन्द्र बास्तोला समुहले बाराका संयोजक निरज साहलाई कारबाही गरेको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी साहाले पार्टीको नाममा चन्दा संकल गरि अपचलन गरेको आरोपमा कारबाही गरिएको नयाँ नियुक्त संयोजक बद्री चौलागाईले प्रेस विज्ञप्तिमार्फत जनाउनुभएको छ ।साहाले कार्तिक १६ गतेदेखि पार्टीको नीति बिपरित काम गरि भागेकोले कारबाही गरिएको संयोजक चौलागाईले जानकारी दिनुभयो ।आगामी बैशाख १८ गते नेकपा बहुमत समुह र नेकपा बैद्यबीच पार्टी एकीकरण हुने पनि जनाइएको छ ।

















