नेपालमा छिमेकी देश चीनबाट फेलिएको कोरोनाले निकै त्रास सृजना गरेको थियो तर पछिल्लो केही समयदेखि कोरोनाको संत्रास मत्थर हुदै गइरहेको अवस्थामा फेरि एकाएक बिगत करिब दुई साताबाट यसका संक्रमितहरुको संख्या फेरि बढ्दै गएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । त्यत्ति मात्रै होइन, कोरोनाका कारण ज्यान गुमाउनेहरु फेरि बढेको समेत समाचारहरु सार्वजनिक भइरहेका छन् । सरकारले बिगतमा कोरोनाबाट जोगाउन भन्दै देशभर लकडाउन समेत गरेको थियो ।सीमा नाका लामो समयसम्म बन्द पनि भएका थिए । जसका कारण देशको आर्थिक अवस्था निकै चौपट हुन पुगेको छ । फेरि कोरोनाको त्रास बढेसंगै फेरि देशमा लकडाउन भयो भने के गर्ने भन्ने पीर त छदैछ साथमा सीमा नाका फेरि बन्द हुुदा तग्रिन लागेको अर्थ जगत तथा होटल ब्यवसाय चौपट हुने पनि देखिन्छ । त्यसैले अब बन्द होइन ब्यवस्थित बनाउन आवश्यक छ ।सीमा नाका बन्द गर्न अब हुदै हुदैछ बरु कोरोना भित्रन नदिनका लागि भने ब्यवस्थित बनाइनु पर्दछ र सीमामा रहेको होल्डिंग सेन्टरलाई पनि प्रभावकारी बनाउनु पर्दछ । अबलकडाउन वा यस्तै खालको गतिबिधिको अर्थ छैन । सीमा नाका बन्द गर्नुको पनि अर्थ छैन । त्यसैले अब कोरोनाबाट जोगाउनका लागि नाका ब्यवस्थित भने बनाउनु पर्दछ ।


















