दिपेन्द्र जैसवाल

गन्जभवानीपुर,करैयामाई गाउँपालिकामा आपङ्गता पहिचान र परिचयपत्र वितरण सम्बन्धि स्थानीय आपङ्गता समन्वय समितिको लागि दुई दिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।करैयामाई गाउँपालिकाको आयोजना र युरोपियन युनियन युनिसेफ नेपाल सेभ द चिल्ड्रेन सुईस नेपालको संयुक्त सहयोगमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सबलीकरण परियोजना कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा परीक्षण आपङ्गता विज्ञ सुदर्शन सुवेदीले दिनु भएको थियो । सो अभिमुखीकरण कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरीको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, परियोजनाको कार्यक्रम संयोजक उमङ्ग मैनालीको उपस्थिति रहेको थियो ।यस्तै, महिला बालबालिका शाखाकी महिला निरीक्षक लक्ष्मी कुमारी लामा, शिक्षा प्रमुख लक्ष्मण भट्टाराई, सूचना प्रविधि अधिकृत लालबाबु कुशवाहा, स्वास्थ्य सह–संयोजक प्रमोद प्रसाद कुशवाहा, कार्यपालिका सदस्य सीता देवी थरूनी, एमआईएस अपरेटर सुमिता चौधरी, आपङ्ग कल्याण संघ बाराको अध्यक्ष राजेश ठाकुर, सञ्चारकर्मी दिपेन्द्र जयसवाल लगायतको सहभागिता थियो ।

Leave a Reply