राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी गाउँ निवासी जिल्ला विकास समिति पर्साका पूर्वईलाका सदस्य स्वर्गीय रामचन्द्रप्रसाद कुर्मीको १३औं पुण्यतिथिको अवसरमा सोमवार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।स्वर्गीय कुर्मीको आफ्नै निवासमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा उहाँको जीवनकालमा राजनीतिमा लागेर देश र जनताको सेवामा गर्नु भएको योगदानको बारेमा चर्चा गरिएको थियो ।श्रद्धाञ्जली सभामा सहभागीहरुले नेता मात्र नभएर एउटा योद्धाको मृत्युले आफूहरुलाई दुखित र मर्माहित बनाएको बताएका छन् । उहाँको योगदानको बारेमा जति चर्चा गरे पनि थोरै हुने सभामा सहभागीहरूको भनाइ छ ।स्वर्गीय कुर्मीका छोरा शिक्षक अजय पटेलको अध्यक्ष्यतामा भएको सभामा सहभागीहरुले स्वर्गीय कुर्मीको फोटोमा अबिर, फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभामा लोसपाका पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, धोबिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान, पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान, जगरनाथपुर गाउँपालिकाको पूर्वअध्यक्ष जालिम मियाँ, नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी, बारा जिल्ला वन अधिकृत कपिलदेव पटेल, बिश्ववनाथ साह तेली, जानकिटोलाका पूर्वगाविस अध्यक्ष झकड मियाँ, भिखमपुरका पूर्वगाविस अध्यक्ष अमिकाप्रसाद कुर्मी, शिवबर्वाका पूर्वगाविस अध्यक्ष रामबचन महतो, लंगडीका वडा अध्यक्ष अबास मियाँ, राजकिसोर पटेल, देबेन्द्र कुर्मी दिभाकर पटेल, नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल, नेता बिपिन यादव, धर्मेन्द्र पटेल, पत्रकार आरके पटेल, मधु शर्मा, धर्मेन्द्र चौरसियालगायतले श्रद्धाञ्जली अर्पन गरेका छन् ।स्वर्गीय कुर्मी गाउँ पन्चायतको समयमा गाविसको उपाध्यक्ष र प्रजातान्त्र पुर्नस्थापन भएपछि जिल्ला विकास समिति पर्साको ईलाका सदस्यमा निर्वचित हुनु भएको थियो । उहाँको दुई छोरा र तीन जना छोरी छन् ।


















