सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकामा सरसफाइ अभियान सुरु भएको छ । नगर प्रमुख किशोरी साह कलवारले नगर सरसफाइ अभियान सञ्चालन सुरु गर्नुभएको हो ।
सफा, सुन्दर नगर बनाउने उद्देश्यले थालनी भएको सरसफाइ अभियानमा स्थानीय व्यवसायी र सर्वसाधारणलेसमेत साथ दिदै आएका छन ।
अभियानमा स्थानीय समुदायसहित नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

















