वीरगन्ज,

मधेस प्रदेशमा साउनको दोस्रो सातासम्म समेत वर्षा नभपछि पर्न लागेको खडेरी र खानेपानी लगायतको समस्याबारे विज्ञहरुसँग छलफल गरेको छ ।प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री संजयकुमार यादव र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले यस प्रदेशमा वर्षा नहुँदा उत्पन्न भएको कृषिका लागि सिचाईं र खानेपानीको भएको समस्या बारे विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गरेका छन् ।मधेस कतिपय जिल्लामा खानेपानीको समेत काकाकुल अवस्था सिर्जना भएको र कृषि योग्य भूमि समेत रोपाई हुुन् नसकेको र खडेरी लाग्ने समस्याको सामाधानको विषयमा मन्त्रीद्वयले विज्ञहरुसँग सुझाव समेत मागेका छन् ।पानीको संकटलाई तत्कालै समाधान गर्न विज्ञहरुले दिएको सुझावलाई कार्यान्वयनमा लैजाने निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ भने मधेस प्रदेशमा पानीको अवस्था कस्तो रहेको त्यसबारे अध्ययन गर्न छिट्टै नै विज्ञहरुको समिति गठन गरी भविष्यमा यस्ता किसिमको समस्या आउन् नदिन र आइपरेपनि पूर्व तयारी गरी अघि बढ्ने योजन समेत अघि सारेको बताइएको छ ।त्यस्तै मन्त्रीद्वयले पानीको संकट सदैवका लागि अन्त्य गर्न विभिन्न कोणबाट अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न समेत विज्ञहरुसँग राय लिइएको अर्थमन्त्री संजय साहले जानकारी दिनुभयो ।

Leave a Reply