नेपाल भ्रमण बर्ष २०२० को अवसरमा बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा आयोजित स्वागत समारोह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । अमलेखगञ्ज पर्यटन प्रवद्र्धन कार्यक्रम नाम दिईएको स्वागत समारोह हात्तिसारस्थित पिक्निक स्पोर्टमा सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको स्वागत समारोहको पुर्व मन्त्री समेत रहनुभएकी बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला कु. साहले उद्घाटन गर्नुभएको थियो ।

 

 

 

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य साहले अमलेखगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । ‘यस क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न सबै क्षेत्र लाग्नुपर्ने हुन्छ, यसको बृहत रुपमा विकास गर्न आवश्यक छ’ उहाले भन्नुभयो । उहाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनको निम्ति आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य डा. शोभाकर पराजुलीले बृहत गुरुयोेजना बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

 

 

 

प्रदेशसभा सदस्य शोभा लामाले पर्यटन प्रवद्र्धनको निम्ति आयोजना गरिने यस्ता कार्यक्रम फलदायि हुने बतबाउनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बारा जिल्ला अध्यक्ष क्षेत्र ब. श्रेष्ठ अनिल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, नेपाल होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष ईच्छा ब. वाग्ले, पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरुप्रसाद गौतम लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

 

 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, नेकपाका नेता राजन पौडेल, नेतृ गिता कडेल, वडा नम्बर २ का वडा अध्यक्ष तिलक ब. श्रेष्ठ, ३ का अध्यक्ष जगन्नाथ घिमिरे, ४ का अध्यक्ष ईश्वर केसी, १० का अध्यक्ष सरोज कु. राउत, १४ का अध्यक्ष रामशरण बर्तौला, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, २२ का अध्यक्ष मणिकलाल थिङ्ग, २३ का अध्यक्ष अस्लम देवान, कार्यपालिका सदस्य शोभा कार्की, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीको अध्यक्षतामा सम्पन्न अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव बालाराम खड्काले गर्नुभएको थियो ।

 

यस्तो थियो प्याकेज कार्यक्रम
भ्रमण बर्ष २०२० लाई सफल पारौ, पर्यटन प्रवद्र्धन गरौ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा अमलेखगञ्जको डकुमेन्ट्रि प्रस्तुत गरिएको थियो । करिव ३० मिनेटको डकुमेन्ट्रि हिजो साझ एक समारोहका बिच बिमोचन गरिएको थियो । धार्मिक तथा ऐतिहासिक महत्व अमलेखगञ्जको डकुमेन्ट्रिमा बिभिन्न पर्र्यटकीय क्षेत्रको अवस्था र सम्भावना देखाईएको थियो ।

 

 

 

 

 

कार्यक्रमकै बिच अमलेखगञ्जको गित बिमोचन गरिएको थियो । साहित्कार राम प्रसाद अधिकारीको शब्द तथा संगितकार तथा गायक विकास पाण्डेको संगितमा सो प्रवद्धनात्मक गित तयार गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को सहयोगमा तयार भएको गितमा गायक विकास पाण्डे, गायक देवेन्द्र कार्की र गायिका अस्मिता ढकालले स्वर दिनुभएको थियो । सो गित प्रदेश मिडिया प्रा.लिले निर्माण गरेको हो ।

झुम्यो बारा
स्वागत समारोहमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । हजारौ दर्शकमाझ नेपाल आईडलकी अस्मिता अधिकारीले आफ्नो प्रस्तुती देखाउनुभएको थियो । पहिलो पटक बारा आउनुभएकी अधिकारीको प्रस्तुती हेर्न बाराका बिभिन्न स्थानबाट दर्शकहरु हात्तिसार पुगेका थिए । अधिकारीको प्रस्तुतीमा राति अबेरसम्म झुमेका दर्शकमाझ पुनः गायक विकास पाण्डे, गायक देवेन्द्र कार्की, गायक प्रमोद जख्मीले पनि आफ्नो प्रस्तुती देखाएका थिए ।

Leave a Reply