अस्पताल भनेको बिरामीहरुको सेवा गर्ने स्थान हो । त्यही अस्पतलमा बिरामीहरुका नाउँमा पनि लाखौं रुपैया आउने गर्दछ । बिरामी सहित उनीहरुको उपचारमा संलग्न रहेकाहरुका लागि पनि रकम आउने गर्दछ । अस्पताल भनेको यसैपनि संवेदनशील स्थान हो । यसमा काम गर्ने जो कोही पनि उत्तिकै जिम्मेवार र गम्भीर बन्न आवश्यक छ । यस्तो स्थानमा लापारबाही भयो भने यसले सिधा असर सेवाग्राहीहरुलाई पर्दछ ।तर, यस्तै संवेदनशील स्थान बाराको कलैया अस्पतालमा एक जना कर्मचारीले लाखौ रुपैयाँ हिनामिना गरेको कुरा बाहिर आएको छ । एक जना व्यक्तिले कसरी यत्रो रकम हिनामिना गर्न सक्यो भन्ने कुरा गम्भीर हो । उसलाई यत्ति धेरै अधिकार कसरी दिइयो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । सरकारले बनाएको आर्थिक नीतिहरुमा त यो अधिकार व्यक्तिलाई दिइएको छैन ।बाराकै सवालमा कुरा गर्ने हो भने त रकम हिनामिना हुनेमा यो पहिलो कार्यालय विलकुल होइन । कलैया अस्पतालमा भएको हिनामिना भने आश्चार्यजनक नै छ । त्यत्रो रकम कसरी एक व्यक्तिको हातमा गयो भन्ने नै मुख्य प्रश्न हो । यद्यपि प्रहरी प्रशासनले यसमा अनुसंधान गरिरहेका कारण यो बिषयमा सबै कुरा त स्पष्ट होला नै तर पनि फेरि यस्ता प्रवृत्ति नदोहोरियोस् भन्नका लागि सबैले खबरदारी र सचेतना अपनाउन आवश्यक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here