जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।
यस्तै, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्वराज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् ।
जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ । एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरेका हुन् ।
सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम आउनुभएका ओलीलाई तिरहुतिया गाछीमा आयोजित कार्यक्रमकाबीच सम्मान गरिएको हो ।