पुष्पराज खतिवडा

मनहर्वा,मानव अधिकार तथा शान्ति समाजको २७ औं स्थापना दिवसको अवसरमा समाजको बारा जिल्ला शाखाले बाराको पथलैयास्थित वृद्धा आश्रममा खाद्यान्न वितरण गरेको छ ।

विहिबार अपराहन्न समाज बाराका सभापती सृजना गिरीको अगुवाइमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा रहेको आश्रममा खाद्यान्न वितरण गरिएको हो ।

शाखाका कार्यसमिति सदस्य, सल्लाहकार एवं सदस्यहरुको आर्थिक सहभागितामा करिव ७ हजार ५ सय रकम बाराबरको खाद्यान्न वितरण गरिएको समाज बाराका सचिव लक्ष्मण साहले बताउनुभयो । सो अवसरमा दुई बोरा चामल, ५ केजी दाल, आलु ५ केजी, खाने तेल २ लिटर, फ्रुटी, विस्कुट, चाउचाउ, सोयाविन, भुजा, नुन, ग्लुकोज लगायत खाद्यान्न वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजकी पूर्व केन्द्रीय सदस्य क्षमादेबी अधिकारी, बारा शाखाका पूर्वसभापती रघुनाथ लामिछाने, पूर्वउपसभापति पुष्पराज खतिवडा, वर्तमान कोषाध्यक्ष विन्दा कार्की, सदस्यहरु टेकप्रसाद घिमिरे, मिरा थापा तुलाधर, शान्ति कार्की, निराजन थापा, टिकादेवी उपाध्यय लगायतको सभागिता रहेको थियो ।

आश्रममा हाल १ जना जेष्ठ नागरिकहरु रहेका छन् । सो आश्रम स्थानीय जीवन कालिकोटेले संचालन गर्नुभएको थियो ।

काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको समाजको करिब ४० जिल्लामा शाखाहरु रहेका छन् । २०५३ जेष्ठ १९ गते मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उदेश्यले मानव अधिकारवादी अगुवा कृष्ण पहाडीको अगुवाइमा संस्था स्थापना भएको थियो । पहाडी शान्ति समाजका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उहाँले आफनो अगुवाइमा मावन अधिकारवादीहरुलाई संगठित गरी मानव अधिकार तथा शान्ति समाजको स्थापना गर्नुभएको हो । संस्थाले सामाजिक काममा खर्च हुने रकम सदस्यहरुबाटै स्वच्छिक रुपमा संकलन गर्ने गरेको छ ।

Leave a Reply