मुआब्जा नपाएपछि खल्वाटोला सिर्सियाका जग्गाधनीहरु धर्नामा

वीरगन्ज,लामो समयसम्म पनि मुआब्जा नपाएपछि वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा स्थानियहरुले धर्ना दिएका छन् । मुआब्जा लिन बाँकी रहेका स्थानीयले मंगलवार बिहान बन्दरगाहको मुल गेटमै पुगेर धर्ना दिँदै सरकारविरुद्ध नाराबाजी पनि गरेका छन् ।स्थानीय अगुवा एवम् जनप्रतिनिधीहरुको उपस्थितिमा मुल गेटमै धर्ना दिएपछि केहीबेर बन्दरवाह भन्सार कार्यालयको कामकाजसमेत प्रभावित भएको थियो । ६ वर्षदेखि सरकारले रोक्का गरेर राखेको जग्गाको मुआब्जा अहिलेसम्म पनि नदिएको भन्दै सिर्सियाका जग्गाधनीले धर्ना दिएका हुन् ।जग्गा रोक्का भएपछि विवाह, बालबच्चाको शिक्षा, औषधोपचार जस्ता कामका लागि आफूहरुले जग्गा बेच्न पनि नपाएको त्यहाँका जग्गाधनीको गुनासो छ ।सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेका अनुसार अहिले २÷४ दिनका लागि काम गर्न दिने सहमतीमा धर्ना स्थगित गरिएको छ । मुआब्जा रकम नपाएकाहरुको नामावलीसहितको विवरण संकलन गरी पठाउने सहमती भएको न्यौपानेले बताउनुभयो ।गत आर्थिक वर्ष असारको अन्तिम साता केही स्थानीयले मुआब्जा पाएदेखि चालु आर्थिक वर्षमा मुआब्जा वितरणको काम ठप्प छ । अर्थ मन्त्रालयले रकम निकासा नगर्दा मुआब्जा वितरणको काम अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी न्यौपाने बताउँनुहुन्छ ।कुल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गामध्ये हालसम्म ६ सय ८३ कित्ताको ४२ बिघा १५ कठ्ठा १६ धुर जग्गाको मुआब्जा वितरण भइसकेको छ ।२ सय ८० स्थानीयले करिब ४ अर्ब रुपैयाँ मुआब्जा बुझेका छन् । अब करिब १९ बिघा जग्गाको २ अर्ब ८० करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । यस बाहेक घर, रुख, कृषि, पोखरी, चापाकल आदिको पनि मुआब्जा दिनुपर्नेमा त्यसको सर्भे नै हुन नसकेको उहाँको भनाइ छ ।सरकारले २०७३ सालदेखि बन्दरगाह भन्सार कार्यालय र वीरगंज(१७ अलौंस्थित वीरगंज भन्सार मातहतको आइसीपी भन्सारबीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएको थियो । भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा पत्र पठाएर उक्त जग्गा रोक्का गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here