वीरगञ्ज,नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगञ्ज समितिले हरितालिका तीजको अवसरमा शुक्रवारबाट अन्तर बैंक महिला फुटबल टुर्नामेन्टको आयोजना गरेको छ ।प्रतियोगिताको उद्धाटन बैङ्गका निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि अजित रेग्मीले गर्नुभएको थियो । उद्धाटन कार्यक्रमको विशेष अतिथिमा कर्पाेरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विपिनराज पोखरेल र नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका उपाध्यक्ष तुलसीराम बानिया रहेका थिए । कार्यक्रमको अध्यक्षता वीरगञ्ज समितिका अध्यक्ष नरेशकुमार सर्राफले गर्नुभएको थियो ।१८ वटा बैंकको टोली सहभागी उक्त प्रतियोगिताको पहिलो दिनको भएको ६ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई ३,०, नेपाल बैंकले पेनाल्टी सुटआउटमा नेपाल एस.बी.आई. बैंकलाई २,०, कुमारी बैंकले पेनाल्टी सुटआउटमा सिटिजनस् बैंकलाई २,०, नबिल बैंकले एन.आई.सी. एसिया बैंकलाई ३,०, लक्ष्मी सनराइज बैंकले सिद्धार्थ बैंकलाई २,०, प्राइमकर्मर्सियल बैंकलाई ३,० को गोल अन्तरले पराजित गरेको थियो ।शनिवार भएको खेलमा नेपाल राष्ट्र बैंकले पेनाल्टी सुटआउटमा सानिमा बैंकलाई २-०, नेपाल बैंकले पेनाल्टी सुटआउटमा कर्पाेरेट डेभलपमेन्ट बैंकलाई २,०, कुमारी बैंकले एन.एम.बी. बैंकलाई २-०, नबिल बैंकले ग्लोबल आइ.एम.इ. बैंकलाई ५,१, नेपाल एस.बी.आई. बैंकले हिमालयन बैंकलाई २–०, एन.आइ.सी. एसिया बैंकले प्राइम बैंकलाई ४–२, लक्ष्मी सनराइज बैंकले सिटिजन बैंकलाई २,०, एन.एम.बी. बैंकले सिद्धार्थ बैंकलाई २-० र कर्पाेरेट डेभलपमेन्ट बैंकले हिमालयन बैंकलाई ३,० को गोल अन्तरले पराजित गरेको थियो ।नेपाल राष्ट्र बैंक, प्राइमकर्मर्सियल बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक र नबिल बैंक गरी ७ वटा टोली क्वार्टर–फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको बाँकी खेलहरु आगामी २९ र ३० गते हुने बताइएको छ ।प्रतियोगिताको मुख्य प्रायोजक कर्पाेरेट डेभलपभेन्ट बैंक, प्रायोजक ग्लोबल आई.एम.ई. बैंक र एन.आई.सी. एसिया बैंक तथा सहप्रायोजक लक्ष्मी सनराइज बैंक, नबिल बैंक र राष्ट्रिय« वाणिज्य बैंक रहेका छन् ।
















