वीरगञ्ज,वीरगञ्जको मुख्य नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउने क्रममा वीरगञ्ज महानगरपालिकाले सोमवार हरिखेतान बहुमुखी क्याम्पसले अतिक्रमण गरेर बनाएको संरचना भत्काएको छ ।सार्वजनिक जमिन अतिक्रमण मुक्त बनाउने अभियानअन्र्तगत महानगरका नगर प्रमुख राजेशमान सिंह डोजर लिएर हरिखेतान बहुमुखी क्याम्पस परिसरमा पुग्नुभएको थियो ।क्याम्पसले वीरगञ्जको मुख्य नाला अतिक्रमण गरेर बनाएको संरचना हटाउन पटकपटक ताकेता गर्दा पनि नहटाएपछि आफू नै डोजर लिएर पुगेको महानगर प्रमुख सिंहले बताउनुभयो ।महानगरपालिकाका २ वटा डोजर प्रयोग गरेर सार्वजनिक जमिन अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन थालेको हो ।

Leave a Reply