सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुख पदमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको तर्फबाट एक(एक र स्वतन्त्र एक गरी तीन जनाले उम्मेदवारी फिर्ता लिएको जीतपुरसिमराका निर्वाचन अधिकृत टिकामणी न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी उपप्रमुख पदमा उम्मेदवारी दिएका देवी आचार्य र चित्रलेखा चौधरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । आचार्य राष्ट्रिय जनमोर्चा र चौधरी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

उता कलैया उपमहानगरमा भने एक जना स्वतन्त्र उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका ईनर दासले उम्मेदवारी फिर्ता लिनुभएको हो । त्यसैगरी निजगढ नगरपालिकामा एक नगरप्रमुख, ६ जना वडाअध्यक्ष सहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा नगरप्रमुखमा नेकपा समाजवादीका उम्मेदवार दिनेश शर्मा रहनुभएको छ । त्यसैगरी वडा अध्यक्षहरुमा वडा नम्बर २ का स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर पुलामी, ४ का स्वतन्त्र उम्मेदबार कैलास खड्का, ४ कै स्वतन्त्र उम्मेदवार सुदर्शन कुमार लामिछाने, ५ स्वतन्त्र उम्मेदवार कृष्णराज गिरी, ९ का स्वतन्त्र उम्मेदवार प्रदिप कुमार उप्रेती, १३ का स्वतन्त्र उम्मेदवार सोमलाल गोले रहनु भएको छ । सदस्यहरुमा ४ का धमेन्द्रप्रसाद साह, रोहित चौधरी, बिनश कुमारी कुवँर रहँनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here