निजगढ, २६ साउन– लायन्स क्लव अफ निजगढ सिटी र कुशल व्यवसाय परामर्श तालिम केन्द्र निजगढले निजगढमा संचालनमा रहेको रेडियो निजगढ, रेडियो मध्य तराई र नगरपालिकको स्वास्थ्य शाखालाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । दुबै रेडियालाई ५÷५ सय मिलिलिटर सेनिटाइज र १÷१ सय थान मास्क तथा स्वास्थ शाखालाई १० थान पिपिइ, सेनिटाइजर र मास्क सहयोग गरेको हो ।

निजगढ नगरपालिका कार्यालयमा भएको कार्यक्रममा क्लवका अध्यक्ष मनोज रेग्मीले रेडियो निजगढका कार्यकारी निर्देशक गोकुल घोरसाइने र मध्य तराईका नवराज चौलागाईलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी क्वलका अध्यक्ष रेग्मी र कुशल परामर्शका निर्देशक सरोज कोइरालाले निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामालाई १० लिटर सेनिटाइजर र ८ सय थान मास्क हस्तान्तरण गर्नुभएको थियो । कुशल परामर्श तालिम केन्द्रले स्वास्थ्य शाखालाई १० थान पिपिइ प्रदान गरेको हो ।

क्लवका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रेडियो निजगढका निर्देशक घोरसाइने, स्वास्थ्य शाखा प्रमुख लामा, परामर्श केन्द्रका कोइराला र क्लवका खडकप्रसाद उप्रेतीले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि क्लव र केन्द्रले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै लायन्स क्लव अफ निजगढ सिटीका अध्यक्ष रेग्मीले नेपालमा लायन्स क्वल स्थापनाको ५० वर्ष पुगेको अवसर पारेर स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो ।

Leave a Reply