रौतहट, ९ गते असोज ।
नेपाल सरकारले कोभिड पिडितलाई राहत दिने दुर्गा भगवती गाउँपालिकामा पठाइएको रकम फोहरी राजनीतिको कारण लक्ष्ति वर्ग समक्ष सकेको छैनन् ।

दुर्गा भगवती गाउँपालिकाको ५ वटै वडामा ४१५ जना कोभिड—१९ बाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सनराइज बैंकको अकाउन्ट पेयवल खातामा ४१ लाख ५० हजार राखिएका हुन् ।

सनराइज बैंकले दुर्गा भगवती गाउँपालिकामा दुई पटक पत्र पठाएर साउन मसान्त भित्र पिडितहरुको विवरण सहितको नामावली पठाउन माग गरिएका थिए । बैंकले पुन ः भदौं ८ गते पालिकालाई तोकता पत्र पठाई सात दिन भित्र विवरणहरु पठाउन भनिएतापनि हाल सम्म विवरण उपलब्ध नगराउदा कोभिड—१९ का पिडितहरु झन् मर्माहतमा परेका छन् । सनराइज बैकले मैनेजर्स चेक मार्फत रकम नेपाल सरकारलाई फिर्ता गर्न समेत भनिएको पालिकालाई पठाएको पत्रमा उल्लेख रहेको छ । यता गाउँपालिकामा बहुमतिय खेलको कारण पिडितहरु फोहरी राजनीतिक खेलको शिकार बनेको बताइएको छ ।

खण्ड ७१ को संख्या २८ नेपाल राजपत्र भाग ५ मिति २०७८÷७÷१५ गते प्रकाशित कोभिड—१९ को निर्देशिका अनुसार बुंदा नम्वर ८ मा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ । उक्त अनुगमन समितिमा उपप्रमुख वा उपाध्यक्ष अनुगमन समितिको संयोजक, स्थानीय तहको कार्यपालिकामा रहेका वडाध्यक्ष बाहेकका दुई जना कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी सदस्य सचिव रहने गरी पाँच सदस्यीय समिति रहने स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

यस सन्दर्भमा दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवका अनुसार निर्वाचन अघि समिति अपुरो समिति बनेका थिए तर निर्वाचन पछि कार्यपालिकाको बैठकबाट निर्णय गरेर समितिको निर्माण गर्नुपर्नेमा बहुमत नजुट्दा समिति बन्न सकेको छैनन् । हामी निकै प्रयास गरेका छौं कोभिडबाट पिडित बनेका अति विपन्न परिवार समक्ष उक्त रकम पुगोस भनेर लागिपरेको छु तर अहिले सम्म सफलता नपाएको गुनासो गरे ।
निर्वाचित कार्यपालिका सदस्यहरुलाई अनुरोध गर्दै आएको छु कम्तीमा कोभिड पिडितको समिति बनाई अनुगमन गरेर उनीहरुको खातामा रकम पठाइदिन अझै पनि प्रयासरत रहेको बताए ।

Leave a Reply