वीरगन्ज,प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वीरगन्जको विकासको लागि सहयोग गर्ने बताउनुभएको छ ।पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसंग मंगलवार भएको भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटका क्रममा वीरगन्जको विकास र समृद्धिका लागि प्रधानमन्त्री दहालले सकारात्मक संकेत देखाउनुभएको हो । पर्साबाट निर्वाचित सांसद यादवले वीरगन्जको विकास र समृद्धिका लागि बाधक बनेका समस्याहरु समाधानका सम्बन्धमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको थियो ।देशकै प्रमुख प्रवेशद्वार भएपनि सँधै राज्यबाट उपेक्षामा पर्दै आएको दुखेसो पोख्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । वीरगन्जको विकासले देशको राजस्वमा पनि प्रभाव पर्ने हुँदा यहाँ विकासका योजना दिँदा कन्जुस्याई नगर्न मेयर सिंहको सुझाव छ ।वीरगन्जको विकासका लागि चाहिने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि प्रधानमन्त्री दहालले व्यक्त गर्नुभएको छ । भेटघाटका क्रममा पूर्व मन्त्रीसमेत रहेका यादव, महानगर प्रमुख सिंहसहित जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जनप्रसाद सा सोनार पनि उपस्थित हुनुभएको थियो ।

Leave a Reply