बिदुर खडका
डुमरवाना,सरकारले दुध मूल्य बढाएसँगै बाराका दुध उत्पादक किसानहरु हर्षित भएका छन् । सरकारले चैत १ गतेदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो ।सरकारले दुधको न्यूनतम खरिद मूल्यमा ८ रुपैयाँ ९६ पैसा बढाएर प्रति लिटर ६५ रुपैयाँ कायम गरेको छ ।विगत दुई वर्षदेखि दुधको न्यूनतम खरिद मूल्य ५६ रुपैयाँ ४ पैसा रहेको थियो । चौपायहरुलाई खुवाउने दाना, चोकर तथा मानवीय श्रमको लागत मूल्य वृद्धि भए अनुसार दुधको मूल्य पनि समायोजन हुन नसक्दा किसानहरु पर्कामा परेको दुध उत्पादन सहकारी डुम्मरवानाका अध्यक्ष टिकाराम न्यौपाने बताउँनुभयो ।दुध उत्पादक सहकारी र उद्योगीहरुको सर्भेक्षण टोलीले दुध उत्पादन बोर्ड र सरकारलाई मूल्य बढाउन सिफारिस गरेपछि दुधको मूल्य वृद्धि भएको न्यौपाने बताउँनुहुन्छ ।सानहरुलाई दुधको प्रतिलिटर ६५ रुपैयाँ लागत मूल्य दिन शुरु गरिए पनि उपभोक्ताहरुका लागि भने केही दिनमा मूल्य समायोजन गरिने न्यौपाने बताउँनुहुन्छ ।तर दुध बिक्रेताहरुले बजारमा भने उपभोक्ताहरुसँग प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म मूल्य बढाएर ९५ देखि १०० रुपैयाँ कायम गर्न खोजिरहेका छन् ।


















