मानिस र जनावरबीचको सम्बन्ध निकै प्रगाढ छ । मानिस र जनावरबीचको सम्बन्धमा दरार आएको खण्डमा भने द्वन्दको अवस्था उत्पन्न हुनेछ । मानिसले बाघ, भालु जस्ता हिंस्रक जनावरलाई त आफ्नो बसमा ल्याएर चिडियाखानामा राखेर मनोरंञ्जन समेत प्रदान गर्ने गरेको छ । यो कुरा पशु अधिकारको दृष्टिकोणबाट हेर्न हो भने गलत छ तर देशको आर्थिक अवस्थाका लागि भने धेरै देशमा यस्ता अभ्यास छन् र नेपालमा पनि छ ।नेपालको सवालमा कुरा गर्ने हो भने चैं मानिस र जनावरबीचको चर्को सम्बन्धसंगै द्वन्द पनि भएको देखिन्छ । जनावरहरुको आक्रमणका कारण नागरिकहरुले जीवन गुमाउन परेको छ । यस्तै मध्येको एक हात्तीका कारण मानिसले ज्यान गुमाउन परेको छ । बारा र पर्सामा समेत यो समस्या छ र जसका कारण पनि अब हात्ती व्यवस्थापनका लागि नीति बनाउन आवश्यक देखिन्छ ।स्थानीय सरकार र संघीय तथा प्रदेश सरकारले नै भए पनि नीति बनाएर हात्ती नियन्त्रणका लागि प्रयास गर्न आवश्यक छ । अब नागरिकहरुको हात्तीका कारण ज्यान जानु भएन यतातिर पनि नीति बनाउन आवश्यक छ । यही नीतिको अभावका कारणले पनि हात्तीले मानिसको ज्यान लिने क्रम बढेकाले अब नीति बनाउन आवश्यक छ । यो संगै मानिसले पनि जंगली जनावरमैत्री व्यवहार गर्न सिक्नुपर्छ । जनवारहरुको मनोविज्ञान र उसले प्रदर्शन गर्ने व्यवहारको बारेमा ज्ञान भयो भने पनि अहिले देखापरेका मानिस र वन्यजन्तुको द्वन्द न्यूनीकरणमा मद्दत पुग्ने छ ।















