पुष्पराज खतिवडा
बारा
३ असोज २०७८

चोरी भएको राँगा सहित दुईजना पक्राउ परेका छन् ।
गएराती जितपुरसिमरा उपमहानगरपालिका–१८,उचिडीका ईन्द्र प्रसाद न्यौपानेको गोठबाट राँगा चोरी गरेर लादैं गर्दा परवानिपुर गाउँपालिका वडा नं. ६ निवासी ५३ का बघम अंसारी र ५५ बर्षका हविस मियाँलाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
गएराती ११ः३० बजेको समयमा राँगा चोरी भएछ । राँगा चोरी भएको खबर आएपछि स्थानिय यूवा सहित राँगाको खोजीमा निस्कएका थियौं । नजिकैको पैनी तार्नै कक्रमा फुत्कीएको एउटा राँगो घर पछाडी फेला परेको थियो । अर्को राँगाको पाईला पछ्याउने क्रममा बलवाबेहरी भन्ने स्थानमा आईतबार विहान ५ बजेको राँगा सहित चोरहरु फेला परेको स्थानिय रविन पराजुलीले बताए । बलुवा बेहरी जीतपुरसिमरा उपमहानगरपालिका २४ मा पर्दछ । राँगा सहित फेला परेका उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हौं , संयोगले राँगा र चोर फेला परेको उनले सुनाए ।
पक्राउ परेका मियाँहरुका अनुसार राँगा चोरी गरेर कसाईलाई सस्तोमा बेच्ने गर्दै आएका थिए । स्थानियले पक्राउ गरि जैतापुर प्रहरीको जिम्मा लगाएका राँगा चोरीमा संलग्न दुई जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको हो । राँगा चोरहरुलाई थुनामा राखि थप अनुसन्धान भैरहेका ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
यस अघि पनि प्रहरी सोही पालिकाको ईनर्वासिराबाट दुईजनालाई पक्राउ गरेका थियो । पछिल्लो समय राँगा चोरीका उजुरी बढेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply