कलैया,बाराको महागढीमाई नगरपालिकामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ जमुनियाका २३ वर्षीय विकासकुमार साह रहेका छन् । साहको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो । महागढीमाई ८ थलही पुलमा नम्बर नखुलेको गाडीले ना४७प ४१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनालगत्तै गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगन्ज लगिएको र उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको बारा प्रहरीले जनाएको छ । साहलाई ठक्कर दिएर फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply