काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अहिले दुई प्रकारले चर्चामा छन् ।उनले काठमाडौं उपत्यकामा संचालन गरेको डोजर अभियानका कारण उनी चर्चामा पुगेका हुन् । काठमाडौंमा अबैद्य संरचनाहरु हटाउनका लागि उनले अभियान संचालन गरेपछि उनको पक्ष र बिपक्षमा बहस भइरहेको हो । मेयर बालेनले संचालन गरेको अभियान भने स्वभाविक भएको एक थरीको तर्क छ ।
महानगरलाई कुरुप हुनबाट जोगाउनका लागि बालेनले संचालन गर्ने अभियान आफैमा महत्वपूर्ण भने छ । राजनीतिक स्वार्थका कारण कतिपय कुराहरु आवश्यक भएपनि काम हुन सकेका छैनन् । बालेनले अबैद्य संरचनाहरु हटाउनका लागि संचालन गरेको अभियान भने अन्य शहरका मेयरहरुले पनि अनुसरण गर्न आवश्यक देखिएको छ ।
जस्तै वीरगन्ज र कलैयाकै कुरा गर्ने हो भने पनि यो अभियान संचालन हुन नसक्दा वीरगन्ज महानगर भएपनि साघुरो छ । कलैया उपमहानगरपालिका भएपनि सवारी साधन संचालनमा कठिनाइ छ । त्यसैले तत्कालका लागि नराम्रो भएपनि बालेनको बाटो जायज छ । तर, केही बिकल्प दिएर बालेनले यो अभियान संचालन चैं गर्नुपर्छ तर निर्मम नभए फेरि यस्ता अभियानले पूर्णता पनि पाउने छैनन् ।
















