कोल्हबी,ईलाका प्रहरी कार्यालय कोल्हबीले विभिन्न स्थानबाट चोरी भएका १ थान मोटरसाइकल र २ थान मोवाइल फेला पारेर धनीलाई बुझाएको छ ।

प्रहरीले ना.५३ प. ८२६८ नम्बरको २२० सि.सि. को रातो र कालो रङ्गको मोटरसाइकल खोजतालसपछि फेला पारेर सोमबार मोटरसाइकल धनीलाई बुझाएको हो । कोल्हबी नगरपालिकाको वडा नम्बर ९ पडरी गाउँमा पार्किङ गरि राखेको अवस्थामा आइतबार राति उक्त मोटरसाइकल चोरी भएको थियो ।

त्यसैगरी प्रहरीले सहजनाथ मन्दिर परिशर काँटघाटबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तिलेक बस्ने २६ बर्षिय बिश्वनाथ यादव र रौतहट जिल्ला माधवनरायण नगरपालिका वडा नम्बर २ घर भएका ३१ बर्षिय अजय कुमार सहनीको चोरी भएको ओपो ए १५ मोडेल र ओपो सिपिएच १९०९ ३१ मोडेलको मोबाइल पनि फेला पारी सोमबार धनीलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिनुभयो । उहाँले इलाका प्रहरी कार्यालय बारागढीसंगको समन्वयमा चोरी भएको मोटरसाइकल फेला पारेको बताउनुभयो । काँटघाटस्थित सहजनाथ महादेब मन्दिरमा सोमबार लागेको मेला भर्न आएका भक्तजनहरुको मोबाइल भिडमा हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here