पुष्पराज खतिवडा

मनहर्वा,आर्थिक अभावमा ४१ वर्षिय समृता थापा मगरको उपचारमा समस्या भएको छ । रामेछाप जिल्ला घरभई ललितपुरको लुभुमा डेरा गरी बस्ने थापाको दुबै मृगौलाले काम गर्न छाडेको ३ महिना भयो । उहाँको वीर अस्पतालको सघन कक्षामा नियमित डायलासिस सहित उपचार भैरहेको छ ।डायलासिससँगै स्वास्थ्य अवस्थामा सुधार आएको आफन्तले बताएका छन् । चिकित्सकहरुले उहाँलाई बचाउन र नयाँ जीवन दिन सकिने बताएका छन् ।आर्थिक अवस्था कमजोर रहेको थापा परिवारको आम्दानीको श्रोत भनेको ड्राभिङ्ग हो । निजी र्फम तथा व्यक्तिहरुको ट्याक्सी चलाउँदै आएका पीडित समृताका पती शेरबहादुर थापाले समृताको उपचारमा आर्थिक समस्या भैरहेको बताउनुभएको हो । समृताको उपचारमा हाल सम्म १२ लाख रुपैंया खर्च भैसकेको छ । चिकित्सकले अझ ६ लाख रुपैया लाग्ने बताएका छन् ।‘ट्याक्सी चलाएर कमाएको पैसा र ऋणधन गरेर हालसम्मको उपचार गरें । थप उपचार गर्ने पैसा हामीसँग छैन । बालक २ छोराहरुको शिक्षादिक्षा पालणपोषण गर्नुपर्ने बाध्यता पनि छ । श्रीमतीको उपचारका लागि अस्पताल धाउनुपर्दा ट्याक्सी चलाउन पाएको छैन । हामी पीडामा छौं ।’ समृताका पती शेरबहादुरले गुनासो गर्नुभयो ।३ महिना पहिला जिउ सुन्निने, पेट दुख्ने, बाकबाकी लग्ने जस्ता समस्या लिएर काठमाण्डौस्थित निदान अस्पताल पुग्दा समृताको दुबै किड्नी खराव भएको थाहा भएको हो ।श्रीमतीलाई श्रीमान्को मृर्गाैला दिनेगरी हाल प्रकृया अगाडि बढिरहेको भएपनि चिकित्सकले भने बमोजिमको पैसा व्यवस्थापन गर्न समस्या भैरहेको पीडितका भाई बारा जीतपुरसिमरा उपमहानगरपालिका– १८ बडहर्वा निवासी भिमबहादुर दर्लामीले बताउनुभयो ।‘दिदीको उपचारमा मनकारीहरुको आर्थिक सहयोगको अपेक्षा गरेका छौं । सानो सहयोगले एउटी नारीले नयाँ जीवन पाउने छिन् । त्यसका लागि समृता थापा मगरको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खाता नं.००७०७०१०१४१५५० मा रकम सहयोग गर्न सकिने ब्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।


















