राजन कुमार बानिया

पोखरिया,नेकपा (एमाले) छिपहरमाई गाउँपालिकाद्वारा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधवार भव्यरुपमा सम्पन्न भएको छ ।

एमाले पार्टी केन्द्रीय सदस्य एंम पर्सा जिल्ला ईन्चार्ज प्रभु हजराको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

प्रह्लाद गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीको मधेस प्रदेश कमिटी सदस्य बसरुद्दिन अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, छिपहरमाई गाउपलिकाका अध्यक्ष मनोज गुप्ता, नेता बाबुराम कौशिक, जिल्ला कमिटी सदस्य खुर्दम आलम, ओमप्रकाश गुप्तालगायत हजारौं सर्वसाधारणकोसमेत उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here