नेपालको प्रतिनिधि सभा सरकार बनाउने, गिराउने अनि शीर्ष नेताहरुको आक्रोश र कुण्डा पोख्ने थलो जस्तोमात्रै बनेको छ ।यसैको उदाहरणका लागि शुक्रवार माघ १८ को सदनको बैठकलाई हेरेमात्रै पुग्छ । सदन भनेको नीति बनाउने र जनताका समस्या उठान हुने ठाउँ हो तर नेपालको सन्र्दभमा भने सरकार बनाउने, भत्काउने अनि एक अर्काको पीडा, कुण्ठा र आक्रोेश व्यक्त गर्ने ठाउँ जस्तो बनेको छ ।
सदनमा जनताको कुरा कम र नेताका कुरा बढी आउने गर्दछन् । नेपालमा यो खालको प्रणालीको विकास भएको नांै वर्ष भयो तर पनि यसको विकल्पको विषयमा भने खासै बहस हुदैन । शुक्रवार बर्खे अधिवेशन शुरु भएकै दिन नेताहरुको जुवारी जनताले मस्तसंग हेरे नै, देखे र सुने पनि ।
सदनमा हरेक नेताले बोलेको कुरा याद गर्ने हो भने त्यँहा कसैले पनि जनताको कुरा उठाएका थिएनन । भन्ने बेलामा शीर्ष नेताले संबोधन गरे पनि भनियो र तर उनीहरुले आफ्नो पीडा, कुण्ठा र आक्रोशमात्रै पोखेका थिए ।
सदन सरकार पक्ष र विपक्षीहरुको जात्रा देखाउने थलो जस्तो बाहेक अरु केही देखिएनन । जनताको दैनिकीमा उत्पन्न संकटको बारेमा सदनमा खासै कुरा उठेन । एउटा दल सरकारमा गयो, त्यसपछि प्रतिपक्ष दलले उसको खेदो खन्यो, अनि सोही दल प्रतिपक्षमा पुग्यो, फेरि सरकारको खेदो खन्यो । त्यसबाहेक सदनमा जनताको पक्षमा कुनै काम भएको छैन ।
यस्तो जात्रा नेपालको सदनमा बाहेक अन्यत्र कमै हुनेगर्दछ । यसको लागि वर्तमान निर्वाचन प्रणाली नै दोषि छ । यो प्रणालीबाट गठन हुने संसदमा हुने यस्तै हो । यसमा एक अर्काको आक्रोश पोख्ने मात्र काम हुन्छन्, देश र जनताको पक्षमा कहिल्यै आवाज सुन्न पाइदैन ।