राजन कुमार बानिया
पोखरिया,
पर्साको कालिकामाई गाउँपालिका हरिहरपुर बिर्तामा बुधवारदेखि दोस्रो राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ ।
राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले गर्नुभएको हो ।प्रतियोगितामा गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयका छात्र, छात्राहरुको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नमोनाथ यादव, वडा अध्यक्ष सोनालालप्रसाद चौरसिया, प्रअ ईन्द्रदेवप्रसाद कुर्मी, प्रअ अबास मियाँ, देवनाथ ठाकुर, रामयतन प्रसाद, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, शिक्षा शाखा प्रमुख शुदयानसु भट्ट, सदस्य बिजय सहनी र संजय ठाकुर, आईटी अफिसर अमित चौरसिया, प्रअ रामबचन प्रसाद, प्रअ सुदर्शन पौडेल लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।प्रतियोगितामा दिव्य कन्या मावि बिरञ्चीबर्वा, श्रीसुकई साह मावि भेडिहारी, श्रीजनता मावि मुडली र श्रीनेरामावि कटिबलुवाका छात्र, छात्राहरुको सहभागिता रहेको छ । प्रतियोगितामा मुख्य प्रशिक्षक विशेश्वर पटेल रहनुभएको छ ।


















