निजगढ,गर्मी बढदै गएपछि निजगढ नगरपालिकाभित्रका विद्यालयमा बिदा दिइने भएको छ । नगरपालिका कार्यालयले आइतवार एक सूचना जारी गर्दै बर्षे विदाबाट कटौति हुने गरी सोमवारबाट बुधवारसम्म २ दिनको लागि नगरका सामुदायिक र निजी विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जारी गर्नुभएको सूचनामा तापक्रम अत्याधिक वृद्धि हुन गई अस्वभाविक गर्मी बढेको र सोबाट विद्यालयमा पठनपाठन कार्यमा कठिनाइ हुनुको साथै कक्षा कोठाहरुमा विद्यार्थीलाई असहजता समेत हुन गएको र उच्च तापमानले हेलस्टोक को समेत जोखिम रहेकोले नगरभित्रका विद्यालयहरु साउन २ गतेदेखि ४ गतेसम्मको लागि बन्द गर्न भनिएको छ ।

नगरपालिका कार्यालयको अनुरोधसंगै नगरभित्रका सबै विद्यालयहरु बन्द हुने भएका छन ।

जिल्लाको कलैया, जीतपुरसिमरा, कोल्हबी नगरपालिका लगायत अधिकांश विद्यालयमा बर्षे विदाबाट कटौति हुने गरी यसअघि नै गर्मी विदा गरिएको छ ।

Leave a Reply