सिमरा,तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की सर्वसम्मत चयन हुनुभएको छ । संघको शुक्रवार राति सम्पन्न छैठौं अधिवेशनको बन्दसत्रले पूर्वअध्यक्ष समेत रहनुभएका कार्कीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको बरिष्ठ उपाध्यक्षमा सोहेल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जिवन श्रेष्ठ, पूर्व क्षेत्र उपाध्यक्ष वीरेन्द्र कार्की, पश्चिम क्षेत्र उपाध्यक्ष कुमार राई, उत्तर उपाध्यक्ष बोधराज आचार्य, दक्षिण क्षेत्र उपाध्यक्षमा ओम रौनियार, महासचिव अर्जुन अधिकारी, उपमहासचिव देव श्रेष्ठ, सचिव रामबहादुर कार्की, मधु पौडेल, मनोज यादव, सहसचिव तुफान फारुक अंसारी, कोषाध्यक्ष नारायण घिमिरे, सहकोषाध्यक्ष नविन थापालगायत रहेका छन् ।यसैगरी समितिको सदस्यमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोखरेल, मदनराज कंसाकार, विजय रंजितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, संजयकुमार गुप्तालगायत चयन भएका छन् ।यसअघि शुक्रवार दिउसो भएको साधारण सभाको उद्धाटन पूर्व श्रम तथा रोजगार मन्त्री एवंम बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको विकासमा सडक यातायातको महत्वपूर्ण भूमिका हुने बताउदै तर देशमा यातायात क्षेत्र अस्तव्यस्त अवस्थामा रहेको उल्लेख गर्नुभयो । यातायात व्यवसायीहरुको हकहितको लागि आफूले सकेसम्मको सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा संविधान सभाकी सदस्य मधु शाही, बारा क्षेत्र नम्बर ४ (१) का मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेपाल ट्रक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्रबिक्रम बानिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्ीय उपाध्यक्ष रामप्रसाद सुवेदी, ढुवानी व्यवसायी महासंघका विश्वनाथ खनाल, यातायात व्यवसायी जगरनाथप्रसाद कलवार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले अधिवेशन सफलताको लागि मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा यातायात व्यवसायीसम्वद्ध संघसंस्थाका केन्द्रीय पदाधिकारी, प्रतिनिधि, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


















