वीरगन्ज,दुई पक्षबीच भएको झडपमा पर्साको धोबिनी गाउँपालिकाका कार्यपालिका सदस्य सहित तिनजना घाईते भएका छन् । धोबिनी गाउँपालिका वडा नम्बर १ घोरडौरामा बिहान ९ बजे दुई पक्षबीच झगडा भएको हो ।

झगडामा परि धोबिनी गाउँपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र यादव सहित उहाँका बुबा ब्रहमदेव राउत अहिर र भाइ सरजुग राउत अहिर पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनकारी दिएको छ ।

गाउँपालिकाका कार्यपालिका सदस्य यादवले आफ्नो खेतमा लगाएको धानबाली सोहि गाउँका फेकु राउत अहिरले ट्याक्टर लगाएर जोतिदिएपछि शुरु भएको विवाद झगडामा परिणत भएको गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी दिनुभयो । घाइतेमध्ये कार्यपालिका सदस्य यादवका बुवा ब्रहमदेव राउत अहिरको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बाँसको भाठा प्रहारले घाइते भएका ब्रहमदेव राउत अहिर र सरजुग राउत अहिरको टाउकोमा गम्भीर चोट लागेको स्थानीयबासीले जनाएका छन ।

घाइते तिनै जनाको नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष कुर्मीले जानकारी दिनुभयो । खेतमा लगाइएको धान जोतिएकाले कार्यपालिका सदस्य यादवका बुवा अहिरले सोधपुछ गर्न जादाँ फेकु राउत अहिरले मदिरा सेवन गरी बासँको भाठाले कुटपिट गरेको बताइएको छ । फेकसंगै रामबावु यादव, नरेश यादव, अखलेश यादव, भुलन यादव, अवधबिहारी राउत अहिरलगायतले धारिलो हतियार चक्कु र भाला समेत प्रहार गर्न प्रयास गरेको बताइएको छ ।

Leave a Reply