वीरगन्ज,प्रहरीले वीरगन्ज( ११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो ।भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।यस्तै देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको उहाँको भनाइ छ ।बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको उहाँले जानकारी दिनुभयो ।‘भन्सार छलेर चामल ल्याई गोदाम भईरहेको छ भन्ने सूचनाको आधारमा टोली खटायौं, कतरनी, जिरामसिनो र बासमती चामल ९ सय १९ बोरा चामल बरामद भएको छ ।’ उहाँले भन्नुभयो, ‘गोदाम सञ्चालकहरुले चामलको बिल विजकहरु देखाउन सकेनन, त्यसैले बरामद गरेर भन्सार पठाएका छौं ।’

Leave a Reply