निजगढ,सिर्जनशिल फुटबल क्लब र योङ्ग स्टार बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल बुद्धचोकमा जारी दोस्रो ल्होछार कपको सेमिफाइनलमा प्रवेश गरेका छन ।बुधवार भएको खेलमा चपुर फुटबल क्लबलाई २–० को अन्तरले पछि पार्दै सिर्जनशील फुटबल क्लब बकैया– ६ मकवानपुर विजयी भएको हो । सिर्जनशीलको तर्फबाट सुरेन्द्र राई र छेवाङ्ग बोम्जनले सम्मान १-१ गोल गरेका थिए ।
त्यस्तै दोश्रो खेलमा भने योङ्ग स्टार युनाइटेड फुटबल क्लब विजयी भएको छ । योङ्ग स्टारले न्यु परिवर्तन एकता बागमती– ७ सर्लाहीलाई २-० पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।घरेलु मैदानमा योङ्ग स्टारको तर्फबाट पाल्साङ्ग लामा र सुदिप लामाले १-१ गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याएका हुन । त्यस्तै खेलको म्यान अफ दि म्याच सिर्जनशील फुटबल क्लबका छेवाङ्ग बोम्जन र योङ्ग स्टार फुटबल क्लबका खेलाडी सुदिप लामा र घोषित भएका थिए । उनीहरुलाई महिला अगुवा सुनमाया लोप्चन र युवा व्यबसायी तथा समाजसेवी हिराकाजी मोक्तानले ट्रफी र १ हजार नगद पुरस्कार प्रदान गर्नभएको थियो ।बिहिवार रतनपुर युनाइटेड क्लब निजगढ– ११ र मानेचोक फुटबल क्लब निजगढ–१३ बीच दिनको ३ः०० बजे प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिको छ ।


















